अरुण तेस्रो जलबिद्युत आयोजनामा शक्तिशाली बिस्फोट, प्रहरी घटनास्थल जादै

Machchapuchchre

केराबारी । संखुवासभाको निर्माणाधीन जलबिद्युत आयोजना अरुण तेस्रोको कार्यालयमा शक्तिशाली बम बिस्फोट भएको छ । गएराति ११ बजेतिर ठुलो आवाजसहित बिस्फोटको आवाज आएको त्यहाँबाट स्थानीयले जानकारी दिएका छन् ।

जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको निर्माणाधीन आयोजनामा बम बिस्फोट भएको हो । बिस्फोटबाट केकति क्षति भएको छ भन्ने विषयमा केहि पनि जानकारी प्राप्त हुन सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय संखुवासभाले विस्फोटनको खबर आएलगत्तै घटनास्थलका लागि प्रहरी टोलि हिडेको जानकारी दियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्