प्रश्नको जवाफ दिन नसकेपछि भागे गाउँपालिका अध्यक्ष खड्का

Machchapuchchre

मंगलसेन । अछामको बान्नीगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिन नसकेपछि सार्वजनिक सुनुवाइ कार्यक्रम नै समापन गरी हिडेका छन ।

बान्नीगढि जयगढ गाउँपालिकाको आर्थीक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको क्रममा उठेका प्रश्नहरुको जवाफ दिन नसक्दा अध्यक्ष खड्काले सार्वजनिक सुनुवाई कार्यक्रमको माईक थुत्दै कार्यक्रम समापनको घोषणा गरेर हिडेका हुन ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले गत आर्थिक बर्षमा गाउँपालिकामा भएका क्रियाकलापका बिषयमा असन्तुष्टि जनाउदै बिभिन्न प्रश्नहरुको जवाफ माग गरेपछि गाउँपालिका अध्यक्ष खड्कालाई जवाफ दिन नसकेर भागेका हुन् ।

गत आर्थिक बर्षमा गाउँपालिकाबाट संचालित बिभिन्न योजनाहरुमा अध्यक्ष खड्काले मनपरि गरेको, बिकास निर्माणका काममा आफु इतरका मान्छेलाई योजनामा भ्रष्टाचार गर्न छुट दिएको र मन नपरेका व्यक्ति संलग्न योजनामा अनावश्यक बाधा सिर्जना गरेको लगायतका बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रमका भएको हो । सोहि कार्यक्रममा सहभागीले कडा आलोचना गर्दै बिभिन्न प्रश्नहरुको जवाफ माग गरेका थिए ।

बिद्यालय हाताभित्र मदिराका बोतल थुपार्न लगाएको, हालसम्म पनि डम्पिङ्ग साईड निर्माण गर्न नसकेको, सवारी साधनका नाममा गाउँपालिकाबाट लाखौँ रकम असुलेको,अध्यक्ष युवा रोजगार कार्यक्रममा आफु निकट व्यक्तिहरुलाई मात्र समावेश गर्न लगाएको भन्ने प्रश्नहरुको जवाफ दिन हम्मेहम्मे परेपछि गाउँपालिका अध्यक्ष खड्काले पछि सर्दै कार्यक्रम छिटो सक्न सहजकर्तालाई दवाव दिएको कार्यक्रमका एक सहभागीले बताएका छन ।

अछाम जिल्लाका १० वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा कमसल तथा गुणस्तरहिन मदिरा पुर्ण रुपमा बन्देज गरिएकोमा बान्नीगढि जयगढ गाउँपालिकामा गाउँपालिका अध्यक्ष खड्काले स्वयम आफ्नै मदिरा डिलर संचालनमा रहेका कारण मदिरा सम्वन्धि कार्यविधि नवनेको बहाना देखाउदै निजि स्वार्थका कारण कमसल मदिरा खुलम रुपमा बिक्रि बितरणमा जोड दिदै आएको भन्दै कार्यक्रमका सहभागीले अध्यक्ष खड्काको चर्को आलोचना गरेका थिए ।

सार्वजनिक सुनुवाईका क्रममा सहभागीको चर्को आलोचनाको शिकार हुनपुगेपछि अध्यक्ष खड्काले पटक पटक कार्यक्रम चाँडो सक्न जोड दिदै आएकोमा गाउँपालिका अध्यक्षले आफ्नो निजि गाडि नै गाउँपालिकामा भाडामा लगाई मोटो रकम अशुल गरेको प्रश्न उठेपछि भने उनी प्रश्नको जवाफ दिनुको साँटो कार्यक्रम समापन गर्न अग्रसर भए ।

कार्यक्रमका सहभागी नेकपा अछामका सदस्य नवराज साउदले गाउँपालिका अध्य​क्ष खड्काको प्रयोजनका लागी मासिक रुपमा भाडामा लगीएको गाडि गाउँपालिकाका एक वडा अध्यक्षले सरकारी कामकाजका क्रममा जिल्ला बाहिर लग्दा सोहि सवारी साधनको भाडा अर्कै गाडिको कागजात पेश गरि दोहोरो भाडा असुल गर्न निवेदन पेश गरिएको बारे अध्यक्ष खड्का संग जवाफ माग गरेका थिए ।

जवाफ माग गरेको लामो समय सम्म पनि गाउँपालिका अध्यक्ष खड्काले जवाफ नदिएपछि सार्वजनिक सुनुवाइ कार्यक्रममा बिवाद भएको थियो । प्रश्नको जवाफ नदिएको भन्दै बिवाद सिर्जना हुदा पनि गाउँपालिका अध्यक्ष खड्काले भने प्रश्नको बेवास्था गर्दै एकाएक सार्वजनिक सुनुवाइ कार्यक्रम समापन भएको घोषणा गर्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

जनताले गाउँपालिकाका काम कार्वाहिका बिषयमा उठाएको प्रश्नहरुको जवाफ दिन नसकि कार्यक्रम समापन गर्नुले गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले लाचारीपन प्रस्तुत गरेको नेकपा अछामका जिल्ला कमिटि सदस्य नवराज साउदले उल्लेख गर्नु भएको छ ।

यसै विच जनताको प्रश्नको उत्तर दिन नसकि गाउँपालिका अध्यक्ष खड्काले कार्यक्रम समापन गर्नु आफैमा लज्जास्पद बिषय बनेको गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्