दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो

Machchapuchchre

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा भारत केरेलका रत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका छन् ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो । मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै हे‍लिकोप्टरमार्फत उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि भन्दै उनीहरु नेपाल आइपुगेका थिए । पोखरा लगायतका ठाउँहरुको भ्रमण गरेपछि सोमबार साँझ मात्रै उनीहरु दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगेका थिए । मृतक ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए ।

पानोरमा रिसोर्टमा सुत्दा उनीहरुले ग्यास हिटर प्रयोग गरेका थिए । कोठाका सबै झ्याल र ढोकाहरु बन्द गरी ग्यास हिटर बालेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

उपचारमा संलग्न चिकित्सकहरुले भने उनीहरुको मृत्युको कारणबारे केही खुलाएका छैनन् । मृत्युको यकीन कारण पोस्टमार्टम पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्