सानिमा बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकहरुले विभिन्न सेवा सुविधाहरुमा पाउने !

Machchapuchchre

काठमाडौं । सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्वास्थ्य उपचारमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्