ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा, २ सय ५५ स्थानमा एटिएम सेवा !

Machchapuchchre

काठमाडौँ । ग्लोबल आइएमई बैंकले २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो।

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि दुवै एक्सटेन्सन काउण्टरहर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्