ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा प्रभातफेरी कार्यक्रम, वित्तीय साक्षरता जगाउने उद्देश्य !

Machchapuchchre

काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रमहरुको अयोजना गरेको छ । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर अस्पताल, जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

बैंकले काठमाडौँ उपत्यकामा मात्र नभएर काठमाडौ बाहिरका बिभिन्न ठाउँहरु बिराटनगर, नारायणघाट, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । बार्षिकोत्सवकै अवसरमा गत पौष १७ गते कान्तिपथ लगायत काठमाडौं बाहिरका मुख्य सहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ ।

२०६३ पौष १८गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । बैंकका २ सय ६६ शाखा, २ सय ५५ एटिएम, ३६ राजस्व संकलन तथा एक्टेन्सन काउण्टर, २ सय ४९ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले १८ लाखभन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्