Artharajniti ~ नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट १ खर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ८३ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज असोज २७ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ६ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ८३ दिनका लागि १ खर्ब रुपैयाँ उठाउँदै


