Artharajniti ~ पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सडक अवरुद्ध भएपछि बिहानैदेखि मेसिन परिचालन गरी पहिरो हटाउने काम गरिएको थियो । पहिरो हटाइएपछि सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडक डिभिजन भरतपुरले यात्रु तथा सवारी चालकलाई लेन अनुशासन पालना गर्न, ओभरटेक नगर्न र सीमित गतिमा सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ ।
पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा



