सरकारको चर्को आलोचना हुन थालेपछि संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठक चलिरहँदा प्रधानमन्त्री बालेन बैठक कक्षमा पुगेका हुन् । उनी रास्वपा सभापति रवि लामिछानेसँगै बैठककक्षमा प्रवेश गरेका छन् । विपक्षी दलहरूले गत १७ जेठमा प्रधानमन्त्री बालेनले दिएको नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध गर्दै आएका छन् । पछिल्लाे समय सांसदहरूले सरकारका गतिविधिबारे प्रश्न उठाइरहेका छन् । सुकुम्बासीलाई गरिएकाे व्यवस्थापनमा सरकारपक्षले गरेकाे हेलचेक्याइँकाे विषय पेचिलाे बन्दै जाँदा संसदमा समेत उक्त विषयले प्राथमिकता पाएकाे देखिन्छ । सम्भवत प्रधानमन्त्री शाहले आज संसदमा उठेका प्रश्नकाे जवाफ दिनेछन् । यद्यपि, यसबारे कार्यसूचीमा उल्लेख छैन । प्रधानमन्त्रीले आकस्मिक रूपमा संसदमा बाेल्न सक्छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्