विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट पाइने कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ संशोधन गर्दै ५ लाखको सीमालाई १० लाख पुर्‍याएको हो । केन्द्रीय बैंकले लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गर्ने कर्जा सहजीकरण गर्ने व्यवस्था थप गरेको छ । यो व्यवस्थाले साना तथा मझौला व्यवसायीले विद्युतीय माध्यबाट नै १० लाखसम्मको कर्जा लिन सक्ने भएका छन् । त्यसका लागि बैंक, भुक्तानी सेवा प्रदायक र मर्चेन्टको मुख्य भूमिका रहने व्यवस्था मार्गदर्शनमा गरिएको छ । केन्द्रीय बैंकले विद्युतीय कर्जा प्रदान गर्ने सिलसिलामा ग्राहकको विद्युतीय माध्यमबाट गरिएको कारोबारको विवरण, भुक्तानीसम्बन्धी विवरण लगायत व्यवसायसम्बन्धी अन्य विवरणबाट कर्जा विश्लेषण गर्ने कार्यका लागि प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न सक्ने व्यवस्था गरेको छ ।

जोखिमको व्यवस्थापन बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने संशोधित मार्गदर्शनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध मर्चेन्टलाई कर्जा सीमाको अधीनमा रही कर्जा प्रदान गर्ने सक्छन् । त्यसका लागि मर्चेन्टको सहमतिमा निजको व्यवसाय एवम् कारोबार सम्बन्धी आवश्यक पर्ने विवरण भुक्तानी सेवा प्रदायक संस्थाले कर्जा विश्लेषण गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउन सक्ने व्यवस्था थप गरेको केन्द्रीय बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्