सहकारीलाई पारदर्शी बनाउन चार्टर्ड एकाउन्टेन्टको साथ खोजिन् मन्त्री रावलले

Machchapuchchre Bank
Artharajniti   ~  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि चार्टर्ड एकाउन्टेन्टहरुको साथ खोजेकी छन्। उनले बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)का पदाधिकारीलाई बोलाएर छलफल गरी सहकारीका बचतकर्ताको रकम फिर्ता सम्बन्धी मोडालिटीमा सुझाव मागेकी छन्। रावलले सहकारी संस्थालाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि सुझाव दिन आग्रह गरिन्। उनले मन्त्रालयले चाँडै नै बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्ने भन्दै कुन विधि अपनाउँदा उपयुक्त हुन्छ भनी चार्टर्ड एकाउन्टेन्टहरुसँग प्रश्न गरिन्। छलफलमा सहभागी आइक्यानका अध्यक्ष निलबहादुर सारू मगर लगायतका पदाधिकारीले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्नका लागि मन्त्रालयलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताए। मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष डिल्लीराज आचार्य लगायत सहभागी थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्