सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच सम्झौता, उपचार खर्चमा ७ प्रतिशतसम्म छुट पाउने

Machchapuchchre

काठमाडौँ । सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।

यसम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्