मुख्यमन्त्री पाण्डेले एमालेसँग मागे विश्वासको मत

Machchapuchchre

Artharajniti  ~  गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीसँग विश्वासको मत मागेका छन् । आइतबार ओैपचारिक पत्र लेखेर दलको तर्फबाट मत मागेका हुन् । पाण्डेले सोमबार ३ बजे विश्वासको मत लिँदैछन् । ‘स्थायित्व र जनआकाङ्क्षा अनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बिचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ,’ उनले भने, ‘राजनीतिक दलहरू बिचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडी बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरूले मतदान गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’ एमालेसँग गण्डकी प्रदेशसभामा २२ सिट छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्