तरलता बढेको बढ्यै ,फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

Machchapuchchre

Artharajniti ~  नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो। तरलता व्यवस्थापनका लागि नै राष्ट्र बैंकले गत शुक्रबार बजारबाट १२ अर्ब १५ रुपैयाँ तानेको थियो। अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि बजारबाट फेरि पैसा झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ। हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ। निक्षेप संकलन खरिदका लागि आज अपराह्‍न ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ। बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्