प्रभु बैंकको सञ्चालकबाट तीन जना बाहिरिए

Machchapuchchre

Artharajniti  ~  प्रभु बैंक लिमिटेडको सञ्चालक समितिबाट तीन जना सदस्य बाहिरिएका छन् । संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा.गीता प्रधानले पदबाट राजीनामा दिएका हुन् । २०८१ वैशाख ७ गते बसेको बैंक सञ्चालक समितिको ३३५ औँ बैठकले केन्द्रीय समिति समक्ष तीन जना सदस्य खड्का, कालिकोटा र गीता प्रधानले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । तीन जना सदस्यहरूको राजीनामा स्वीकृत पश्चात् रिक्त रहेको पदमा संस्थापक शेयर धनी समूहकै तर्फबाट सञ्चालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.२ सानेपाका अंगिरमान सिंह र काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं.३ का तारा मानन्धरलाई सदस्यमा नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । उक्त जानकारी सञ्चालक समितिले नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्