” गठबन्धन कति टिक्छ भन्न सक्दिनँ “: अध्यक्ष नेपाल

Machchapuchchre

Artharajniti   ~   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफूहरूले सहज अनुभूत नगरेको बताएका छन्। सोमबार नेकपा एमालेको पार्टीक केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन अध्यक्ष नेपालले आफूहरूले सहज महसुस नगरेकाले गठबन्धन कति समय टिक्छ भन्ने प्रश्नको जबाफ पनि नभएको बताए। ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ । मैले दिन सक्दिनँ,’ उनले भने। तर पछिल्लो समय आफूहरूले सहज अनुभूत नगरेको अध्यक्ष नेपालले बताए। ‘परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभुत गरिरहेका छैनौं,’ उनले भने। अध्यक्ष नेपालले कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि राजनीतिमा आएका नआएको पनि बताए। अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरु, समानता र न्याय, रोजगारीका समस्याहरु, आर्थिक उन्नतिको कुरामा कम्युनिष्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने पनि बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्