कांग्रेस : ” जीबी राई गृहमन्त्री लामिछानेको सम्पर्कमा छन् “

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनका लागि सरकारलाई दिएको अल्टिमेटम सकिएको बताएको छ। बुधवार प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्को संसद बैठकअघि गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति नबने संसद चल्न नसक्ने बताए। ‘५० हजार भन्दा बढी सहकारी पीडित नागरिकका तर्फबाट पनि बोलिरहेको छु। आजबाट हाम्रो अल्टिमेटम सकिएको जानकारी गराउँछु,’ शर्माले भने। उनले कांग्रेसले छानबिन समिति गठनको मागलाई छाड्न लागेको भनेर भ्रममा नपर्न आग्रह गरे। शर्माले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गोरखा मिडाया प्रालिका सञ्चालक जिबी राई गृहमन्त्री लामिछानेको सम्पर्कमा भएको आरोप लगाए। ‘खोज्ने काम सरकारको निकायले गर्ला। जिबी राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ,’ उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्