सुन तस्करी प्रकरण: माओवादीका उपाध्यक्ष महरा पक्राउ

Machchapuchchre

Artharajniti   ~  नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । महरालाई सुन तस्करी प्रकरणमा कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले गृह प्रशासनलाई निर्देशन दिएका थिए ।  उनका छोरा राहुल महरा सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कृष्णबहादुर महरालाई पक्राउ गरि आज काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्