अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर

Machchapuchchre

Artharajniti  ~  हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक नयाँ सूचना अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । ग्लोबल आइएमई बैंक र प्रभु बैंकले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर, एनआइसी एशिया बैंकले भने ब्याजदर बढाएको छ । एनआईसी बैंकले मुद्दती निक्षेपमा ब्याजदर बढाएको हो । चैतका लागि यस बैंकले व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४ प्रतिशत पुर्याएको छ । संस्थागत मुद्दति निक्षेपमा  ७.५४ प्रतिशत पुर्याएको छ । प्रभु बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै प्राइम बैंकको मुद्दती निक्षेपमा व्यक्तिगतमा ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कृषि विकास बैंकको संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत, कुमारी बैंकको व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत, नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत र एनएमबि बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत,  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ  ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसका साथै नेपाल बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गर्दा हिमालयन बैंकले व्यक्तिगतमा ७.५ प्रतिशत र संस्थागतमा ६ प्रतिशत ब्याजदर दिने भएको छ । चैत्र महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ । त्यसैगरि, नबिल बैंकले व्यक्तिगततर्फ ७.२५ प्रतिशत ब्याजदर दिने भएको छ । यस बैंकले संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, एभरेष्ट बैंकले व्यक्तिगततर्फ र ६.५ प्रतिशत र संस्थागततर्फ  ५.५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत र सिटिजन्स बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर दिने जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्