सहकारीको ऋण तिर्न ललितपुर महानगरपालिकाको आग्रह

Machchapuchchre

Artharajniti   ~   ललितपुर महानगरपालिकाले सहकारीको ऋण तिर्न आग्रह गरेको छ । महानगरपालिकाले बुधवार एक सूचना जारी गर्दै सहकारी संस्थामा ऋणी सदस्यहरूले लिएको ऋण रकम चुक्ता गर्न भनेको हो । सहकारी संस्थाबाट सदस्यहरूको बचत रकम नै कर्जाको रूपमा प्रवाह हुने र ऋणी सदस्यहरूले समयमा नै आफूले भुक्तानी गर्नु पर्ने साँवा तथा ब्याज फिर्ता नगर्दा बचतकर्ताकाे बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो पालिकामा आएको महानगरले सूचनामा उल्लेख गरेको छ । समयमा ऋण नतिर्ने ऋणीहरूको जायजेथा रोक्का गरिने समेत महानगरले जनाएको छ ।  ‘ऋणी सदस्यले समयमा नै ऋण भुक्तानी नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६२ बमोजिम ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था समेत रहेको हुँदा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको साँवा र व्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गरी दिनु हुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्