बंगलादेशलाई बेच्ने बिजुलीकाे मूल्यमा सहमति

Machchapuchchre

Artharajniti   ~  नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यमा सहमति भएको छ । यद्यपी दुई देशका अधिकारीबीच औपचारिक रुपमा हस्ताक्षर हुन बाँकी छ । बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य प्रति युनिट ८ देखि ९ रुपैयाँकाे बीचमा टुंगिएको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले जानकारी दिए । दुवै देशका उच्च सरकारी तहबाट सहमती प्राप्त भएपछि विद्युत् बिक्रीसम्बन्धी हस्ताक्षर हुने उनले जनाए । प्राधिकरणले बिजुली बिक्री बापतको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । यो दर जुन १५ देखि नोभेम्बर १५ सम्मका लागि प्रस्ताव गरेको हो । नेपाल विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन प्रयोग गरेवापतको भाडा शुल्क ‘ह्विलिङ चार्ज’ बंगलादेशले नै तिर्ने जनाएको छ । एनटीपीसी विद्युत् व्यापार निगम (एनभीएनएन) लाई तिर्ने शुल्क र करिब ३ प्रतिशतकाे चुहावट बंगलादेशले नै बेहोर्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो । विद्युत् बिक्री सम्झौता पाँच वर्षको लागि गर्न लागिएको हो । नेपालले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुनेछ । बंगलादेश मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । सोहीअनुसार प्राधिकरणले फेब्रुअरी पहिलो साता बंगलादेशसमक्ष प्रस्ताव पेस गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्