आउँदो चुनावमा एक्लै चुनाव लड्ने माओवादीको निर्णय

Machchapuchchre

Artharajniti  ~  नेकपा माओवादी केन्द्रले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ। बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले बताए। नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी कमिटी बैठकमा छलफल भएको थियो। त्यसबारे उनले अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताएका हुन्। ‘अब आउने चुनावमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने भनेर भनेका छौं,’ उनले भने, ‘यो विषय कार्यनीतिक विषय हो, रणनीतिक होइन। तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ भनेर भनिएको छ।’ त्यस्तै, कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा कृष्ण सिटौलालाई उम्मेदवार बनाउन लागेकोबारे सोधिएको प्रश्नमा सापकोटाले माओवादी केन्द्र आफैंले उक्त पद दाबी गर्ने बताए। ‘अधिकांश सदस्‍यहरूले राष्ट्रिय सभा अध्यक्ष छोड्न हुन्न भनेर कुरा उठाएका थिए। आज पनि उम्मेदवारी दिने भनेर निर्णय भएको छ,’ उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्