शाहीको प्रश्न- ” गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई पक्राउ गरेर जेल किन नहालेको ?”

Machchapuchchre

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पक्राउ गरेर जेल किन नहालेको भन्ने प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ६ फागुनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनालाई हत्या भएको भनेर जानकारी गराएकाले मन्त्रीहरूलाई जेल हाल्नुपर्ने बताएका हुन् । ‘६ फागुनमा प्रधानमन्त्रीज्यूले संसदमा जवाफ दिने क्रममा बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ । बालकुमारीको घटना यदि हत्या हो भने आदेश दिने गृहमन्त्री र त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्रीलाई पक्राउ गरेर जेल किन नहालेको ? हत्या हो भने जेल हाल्नुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्