मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध गर्ने

Machchapuchchre

Artharajniti  ~  नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ । एमाले सचेतक महेश बर्तौलाले बिहीबार ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भने, ‘हामी बैठकको सुरुमै यसबारेमा सरकारको ध्यानाकर्षण गराउँछौँ । विरोध गर्छौ त्यसका लागि समय माग गरिसकेका छौँ । हाम्रो ध्यानाकर्षणलाई सरकारले कसरी लिन्छ त्यसमै बैठक अघि बढ्ने नबढ्ने भर पर्छ ।’फागुन ६ गतेको बैठकमा एमालेले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएपनि कारबाही किन नगरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय गर्ने आश्वासन दिएका थिए । बालकुमारी घटनामा २ जनाको मृत्यु हुनुका साथै मन्त्री ज्वालाको गाडी आगजनी भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्