” यस्तै अवस्था रहे अर्को साल कुनै पनि बैंकले लाभांश बाँड्न सक्दैनन् ” : सीईओ ढुंगाना

Machchapuchchre

Artharajniti   ~  बैंकरहरुले समाजमा चलेका गलत हल्लाको पछि नलाग्न आफ्ना ग्राहकहरूलाई आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित नेपालको ‘बैंकिंग क्षेत्रको अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक बहस कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् । सो कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले  सामाजिक संजालमा गलत प्रचार गरेका कारण वित्तीय क्षेत्र खस्किन सक्ने चिन्ता व्यक्त गर्दै भने, “आम ग्राहक वर्गहरु  गलत हल्लाको पछाडि नलाग्नु होला ।“बैंकहरुका तर्फबाट पनि केही कमी कमजोरीहरू भएको स्वीकार गर्दै उनले आफुहरु त्यो सुधार्न तयार रहेको समेत बताए । तर, गलत कुरा सुनेर बैंकप्रति नकारात्मक नबन्न आग्रह गर्दै उनले अगाडी भने, “बैंकको कमी कमजोरी हामी सुधार गर्छौ । ग्राहकले पनि गलत कुरा सुनेर नकारात्मक नबन्नु होला ।“ नेपालमा धेरै ठूला घटनाहरू भएका बेला समेत नदेखिएको समस्या बैंकहरुमा अहिले देखिएकोमा उनले चिन्ता समेत व्यक्त गरे । उनले भने, “भूकम्प आयो, कोरोना आयो, तर त्यस बेला बैंकहरुमा कुनै समस्या देखिएको थिएन जुन अहिले बैंकहरुमा देखिएको छ ।“ मर्जमा गएर  ठुला भएका बैंकहरुमा अहिले समस्या देखिएको उनले बताए। समग्र अर्थतन्त्र सुधार नहुने हो भने बैंकहरुमा पनि समस्या उस्तै रहने धारणा उनले व्यक्त गरे । मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा रहेको र त्यसको असर बैंकहरुमा देखिएको उनले बताए । बजारमा गएको उधारो नउठिरहेको अवस्थाबारे चर्चा गर्दै उनले थपे, “बैंकहरुको एनपिएल बढिरहेको छ । बैंकहरुको नयाँ व्यवस्थाका कारण एनपीएल अझ बढ्ने देखिन्छ।“ कोरोनाको समयमा बैंकहरुले धेरै समस्या झेलेको स्मरण गर्दै उनले कोरोना गए पनि त्यसको असर  भने गई नसकेकोले त्यसबेलामा भएको अर्थतन्त्रको असर अहिले देखिएको तर्क गरे । उनले हाल सेवा सुविधा कटौती भइरहेकोले सुधारका लागि ध्यान दिनुपर्ने बताए ।हाल बैंकहरु आफ्ना लगानीकर्तालाई लाभांश दिन सक्ने अवस्थामा नरहेको पनि प्रष्ट्र पारे । यस्तै अवस्थामा मुलुकको अर्थतन्त्र रहिरहने हो भने आगामी आर्थिक वर्षमा कुनैपनी बैंकले लाभांश दिन नसक्ने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्