नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकासको लागि नियामकीय संयन्त्र बनाइने

Machchapuchchre

Artharajniti  ~  नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्ने उद्देश्यले द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ। नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबिआइबीच बिहीबार यस्तो सम्झौता भएको हो। भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपिआइ) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो। भारतको मुम्बईमा भएको उक्त सम्झौता गभर्नर महाप्रसाद अधिकारी र आरबिआई गभर्नर शक्तिकान्त दासको उपस्थिति गरिएको थियो। गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सुरू गर्ने सम्झौता भएको थियो। नेपाल क्लियरिङ हाउस र भारतको नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच अन्तरदेशीय विद्युतीय भुक्तानी सम्झौता भएको थियो। बिहीबार भएको सम्झौतासँगै अन्तरदेशीय विद्युतीय भुक्तानी प्रक्रिया थप अगाडि बढेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्