पक्राउ पुर्जीविरुद्ध आन्दोलनमा विप्लवको पार्टी

Machchapuchchre

Artharajniti  ~  नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी आन्दोलनमा उत्रिएको छ । देशको शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय रहेको आरोप लगाउँदै मङ्गलवारदेखि नेकपाले चरणबद्ध आन्दोलन घोषणा गरेको हो । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुजी जारी गरेको थियो । यस्तै पक्राउ पुर्जीविरुद्ध बुधवार ३ बजे तीन ठाउँमा पुत्ला दलहन गर्न लागिएको काठमाडौँ ब्युरो इन्चार्ज बल थापाले जानकारी दिए । उनले काठमाडौँ उपत्यका लगायत देशैभर एक साथ पुत्ला दहन हुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्