नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

Machchapuchchre

Artharajniti  ~  नबिल बैंकले ‘किओक्स’ मेसिनमार्फत् चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ। यस सुविधामार्फत् ‘आउटवार्ड क्लियरिङ’ चेक अब ग्राहक स्वयंले ‘किओक्स’ मार्फत् सोझै नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन्। यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारी कार्यलय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन्। यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फूर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकको भनाइ छ। हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्युरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगञ्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ। बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्