कुमारी बैंक र महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

Machchapuchchre

अर्थ राजनीति ~ कुमारी बैंक लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर बिक्रीमा ल्याएका छन् । महली लघुवित्तको १४ हजार कित्ता र कुमारी बैंकको ३ हजार ६७० कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो ।

यी दुबै कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा आएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

त्यस्तै, महुली लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय सप्तरीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा दुबै कम्पनीले वितरण नभएको शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गर्ने जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्