राष्ट्र बैंकले ल्यायो बैंकहरुका लागि अन्तिम ऋणदाता सुविधा

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धी नियमावली सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको यो सुविधा कार्यान्वयन गर्ने उद्देश्यले नियमावली ल्याएको हो । बैंकदरमा २ प्रतिशत थप ब्याज लाग्ने गरी बैंकहरुलाई यस्तो सुविधा दिन लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले यसरी पाएको सुविधा ६ महिनासम्म तिर्नुपर्ने हुन्छ । बैंकहरूले विभिन्न दायित्व पूरा गर्न नसकेको अवस्थामा राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा दिने गर्छ । कुनै एक वा एकभन्दा बढी अवस्थामा आफ्नो दायित्व पूरा गर्न समर्थ नभएको कारण देखाइ इजाजतपत्र प्राप्त संस्थाको संचालक समितिले अन्तिम ऋणदाता सुविधाको लागि अनुरोध गरेमा र त्यस्तो अनुरोध मनासिव लागेमा अन्तिम ऋणदाता सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्