बैंकहरुको निक्षेप ५ अर्बले बढ्यो , तरलतामा सुधार हुने

Machchapuchchre

अर्थ राजनीति ~  बाणिज्य बैंकहरुले ऋण लगानीलाई स्थिर राख्दै निक्षेप ५ अर्ब रुपैयाँ बढि उठाएका छन्। नेपाल राष्ट्र बैंकको बिहीबारसम्मको तथ्यांक अनुसार, निक्षेप एकैदिन ५ अर्बले बढेको हो। बाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन ४७ खर्ब ४२ अर्ब रुपैयाँ थियो। बैंकसहित विकास बैंक र फाइनान्स कम्पनीको समेत जोड्ने हो भने निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। विकास बैंक र फाइनान्सको २ अर्बले बढेको हो। कुल निक्षेप ५३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। बाणिज्य बैकहरुको ऋण लगानी भने ४२ खर्ब ७५ अर्ब रुपैयाँमा स्थिर छ। विकास बैंक र फाइनान्स कम्पनीको पनि ऋण लगानी भने एक अर्बले घटेको छ। अहिले प्रणालीको कुल ऋण लगानी ४८ खर्ब १७ अर्ब रुपैयाँ छ। ऋण स्थिर हुने तर निक्षेप बढ्ने हुँदा तरलता सहज हुँदै गएको छ। यही कारण बैंकहरुबिच हुने अन्तर बैंक सापटी दर ७ प्रतिशतभन्दा तल ओर्लिएको छ। कर्जा निक्षेप अनुपात पनि थोरै घटेर ८६.०२ प्रतिशत कायम भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्