ह्वात्तै बढ्यो रेमिट्यान्स, ७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब

Machchapuchchre

अर्थ राजनीति ~  चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार ७ महिना (साउन–माघ) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको माघ मसान्तसम्ममा ४.४ प्रतिशतले रेमिट्यान्समा गिरावट आएको थियो ।  अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको केन्द्रीय बैङ्कले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २६५.९ प्रतिशतले बढेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्