मेगा बैंकको देशव्यापी एक महिने वित्तीय साक्षरता

Machchapuchchre

अर्थ राजनीति  ~  मेगा बैंक नेपालले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ। बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। बैंकका अनुसार प्रदेश नम्बर १ र वाग्मती प्रदेशका ६/६ वटा शाखा तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ५/५ वटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम भएका थिए। वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धि ल्याउन बैंकले यो अभियान गरेको जनाएको छ। बैंकले नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका किसान तथा साना उद्यमी, विद्यार्थी, महिला तथा विप्रेषण प्रापकहरुलाई प्राथमिकता दिएर अभियान गरेको जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्