गठबन्धनको बैठक बस्दै : सिट बाँडफाँटलाई अन्तिम रुप दिने

Machchapuchchre

अर्थ राजनीति  ~  सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधि सभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरुको भनाई छ । उनीहरुका अनुसार शनिबारसम्ममा सहमती जुटाएर आ–आफ्नो पार्टीमा उम्मेदवार तय गर्न लाग्ने नेताहरुबीच आन्तरिक सहमति भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्