कारोबार सुरु भएको एक घण्टामै बजारमा २१ अंकको पहिरो

Machchapuchchre

अर्थ राजनीति  ~  साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार सुरु भएको घण्टा नबित्दै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। कारोबार सुरु भएको करिब एक घण्टा नबित्दै नेप्सेमा २१ अंकको गिरावट आउँदा परिसूचक १८८८.४३ बिन्दुमा झरेको हो। बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएसंगै बजारमा जोखिम मोलेर सेयर राख्नुभन्दा बजारबाट निस्केर बिना जोखिम ब्याज खाने दाउ लगानीकर्ताको देखिन्छ। यस्तै यो समाचार तयार पार्दासम्म केही वाणिज्य बैंकको सेयर मूल्य सेलमा देखिएको छ। यी बैंकहरुको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा कम छ। जसमा सिटिजन्स इन्टरनेशनल बैंकको सेयर कारोबार प्रति कित्ता १९० रुपैयाँमा भइरहेको छ। यस्तै कुमारी बैंकको प्रति कित्ता १९२, लक्ष्मी बैंक १८९, नेपाल क्रेडिट एण्ड कमर्स १८९, प्रभु बैंक १९८ र सनराइज बैंकको सेयर प्रति कित्ता १९४ रुपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्