सर्वोच्च जान खोज्दा सरकारले गेटमा तालाबन्दी गरिदियो : जबरा

Machchapuchchre

अर्थ राजनीति  ~   सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् । उनी आज बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहेपनि निवासमै रोकिएका हुन् ।  जबराले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो ।’ “म ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसानुसार तयार भएको थिएँ, “तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।”निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको उनको भनाइ छ । संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्