घट्यो सुनचाँदीको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ७ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बुधबार १० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्