सिट बाँडफाँडका लागि पाँच दलीय कार्यदलको बैठक आज पनि बस्दैछ

Machchapuchchre

अर्थ राजनीति  ~  पाँच दलबीच सिट बाँडफाँडका लागि गठित पाँच दलको कार्यदलको बैठक आज पनि बस्दैछ ।

कार्यदलले मंसिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलबीच सिट बाँडफाँडका विषयमा छलफल गर्नेछ ।

पाँच दलका शीर्ष नेताहरूले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अवस्थालाई अन्तिम रूप दिएर प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो बस्ने कार्यदलको बैठकले सिट बाँडफाँडमा पाँच दलका नेताबीचको मतभेदलाई मेट्ने प्रयास गर्नेछ ।

नेपाली कांग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादी पार्टीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले ३ सिट दाबी गर्दै आएको छ ।

सिट बाँडफाँडको टुङ्गो लगाउन करिब एक महिनादेखि कार्यदलको बैठक बसेको भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

कार्यदलको बैठकले विस्तृत अध्ययन प्रतिवेदन बुझाएपछि गठबन्धनका शीर्ष नेताहरूले अन्तिम निर्णय गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्