सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बस्दैछ चुनावी सिट बाँडफाँडबारे छलफल गर्न

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बुधबार बस्ने पाँच दलीय गठबन्धनको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएको हो ।

त्यसैगरी मंगलबार बसेको शीर्ष नेताहरुको बैठक पनि सत्तारुढ दलहरु आ–आफ्नो अडानमा अडिग रहेकाले निष्कर्षविहीन भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बनेको सिट बाँडफाँड कार्यदलले बिहीबार बसेको नेताहरुको बैठकले पनि सिट बाँडफाँडको टुङ्गो लगाउन सकेन ।

कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँडका विषयमा निष्कर्षमा पुग्ने सम्भावना रहेको जानकारी दिए ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा गठित कार्यदलले सिट बाँडफाँडका लागि मापदण्डबारे छलफल गरे पनि ठोस प्रस्ताव तयार गर्न सकेको छैन ।

मंसिर २० गते संघीय संसद र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएदेखि नै सत्तारुढ गठबन्धनका साझेदारहरु आपसमा वार्तामा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्