नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमालेको पोलिटब्युरोको बैठक बिहीबार बस्दैछ ।

मङ्सिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आवश्यक रणनीति बनाउन एमालेले बैठक बसेको छ ।

एमालेले यही साता स्थायी, पोलिटब्युरो, केन्द्रीय समिति र केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकलगायत निर्वाचन केन्द्रित बैठकहरू गर्दै आएको छ ।

पार्टीले यसअघि नै ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा स्थायी कमिटीको बैठक बोलाएको थियो ।

एमाले नेता विष्णु रिजालका अनुसार पोलिटब्युरोको बैठक भदौ २५ गते र केन्द्रीय कमिटीको बैठक भदौ २६ र २७ गते बस्नेछ ।

केन्द्रीय निर्वाचन परिचालन आयोगको बैठक भदौ २८ गते बस्ने पनि रिजालले बताए ।

एमालेले पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्