ज्योति विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ

Machchapuchchre

अर्थ राजनीति  ~  ज्योति विकास बैंकले  १४ औं वार्षिकोत्सव मनाएको छ । ज्योति विकास बैंकले ज्योति भिडियो बैंकिङ पनि सार्वजनिक गरेको छ र
यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खता खोल्न सकिने र बैंक नपुगी तुरुन्तै खाता सञ्चालन गर्न सकिने बताएको र सेवासहितको भिडियो केवाइसी सार्वजनिक गरेको छ । देश(विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन् । सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।

बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख रुपैयाँ सहयोगको प्रतिवद्धता गरेको छ । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधीनमा रहि बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरीकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्