काठमाडौं महानगर फोहर व्यवस्थापन गर्न को लागि स्थान पहिचन गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~ चन्द्रागिरि नगरपालिकाले शून्य फोहर अवधारणा सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले ६ तरिकाले फोहरको वर्गीकरण गर्न थालेको छ ।

नगरपालिकाले फोहर राख्न फरक–फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ । सिसा सिसाजन्य फोहररातोमा , कुहिने कालो झोलामा  र हरियोमा प्लाष्टिकजन्य फोहर, कागजजन्य सेतोमा , फलामजन्य नीलोमा  र स्यानेटरी प्याड, डाइपरलगायतका फोहर पहेँलो झोलामा व्यवस्थापन गर्ते तालिका नगरपालिकाले यही गत साउन ३ गते सार्वजनिक गरेको छ ।

काठमाडौँ महानगरपालिकादेखि अन्य स्थानीय तहसम्मलाई अहिले फोहर व्यवस्थापन गर्न निकै कठिन परिरहेको छ । यस्तो समस्या पटक–पटक आइरहने जनाउँदै सम्बन्धित सबै स्थानीय तहले फोहर व्यवस्थापन उत्पादन भएको स्थानमा नै गर्नुपर्ने पहल थालेका छन् ।पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थानको काम पेचिलो बन्दै गएपछि नगरपालिकाले उक्त अभ्यासलाई कार्यान्वयनमा उतारेको हो । सकेसम्म उत्पादन भएको स्थानमा फोहरको व्यवस्थापन गर्ने नगरपालिकाको नीति रहेको देखिएको छ ।

निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत  व्यवस्थापन गरिँदै आएको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्