१४ प्रतिशत ब्याज पाएपछि बैंकहरूले राखे तीन अर्ब ६० करोड

Machchapuchchre

अर्थ राजनीति  ~ राष्ट्र बैंकले साउन १० गतेको लागि जारी गरेको दुई अवधिका ट्रेजरी विल्स (ऋणपत्र) मा बैंकहरूले अधिकतम १२.२४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन्।हालै राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरूले राष्ट्र बैंकमा चार प्रतिशत बराबरको अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ। यो रकम राखिसकेपछि बैंकहरूले आफ्नो योजनाअनुसार यस्ता ऋणपत्रमा जति पनि लगानी गर्न सक्छन्।  बैंकहरूले राष्ट्र बैंकबाटै १४ प्रतिशतसम्म ब्याजदर पाएका छन्।

बैंकहरूले कायम गर्नुपर्ने तरलता अनुपात २० प्रतिशतभन्दा पनि बढी लगानी यस्ता ऋणपत्रमा गरेकाहरूलाई भने ऋणपत्रको अवधि परिपक्व हुनुभन्दा अघि तरलता समस्या पर्दा थप दबाब परेको थियो। त्यतिखेर यस्तो ट्रेजरी बिल्सको ब्याजदर भन्दा राष्ट्र बैंकबाट लिने सापटी दर बढी रहेकोले पनि दबाब परेको थियो।

गत वर्ष पनि धेरै बैंकहरूले तरलता उच्च हुँदा ऋणपत्रमा रकम राख्ने गरेका थिए। यसले तरलता अभावको समयमा बैंकहरूलाई भने थप समस्या परेको थियो। बैंकहरूले लगानी गर्ने यस्तो ऋणपत्रको अवधि २८ देखि ३ सय ६४ दिनसम्मको पनि हुन्छ।

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्