पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन समितिको बैठक बस्दैछ

Machchapuchchre

अर्थ राजनीति  ~ पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि  संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेटमा करका दर परिवर्तन गरेको र अर्थ मन्त्रालयको सीसीटिभी फुटेज गायब बनाएको शर्मामाथि आरोप लागेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हिजो फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको थियो त्यो सिलबन्दी तोडेर समिति सदस्यले आज अध्ययन गर्ने भएको हो । आज विहान ८ बजे बस्ने बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने बताइएको छ ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट हिजो छानबिन समितिलाई बुझाइसकेको छ ।

सुरुमा समितिलाई दस दिनको समय दिइएको थियो । दोस्रो पटक थपिएको सात दिनको समयमध्ये तीन दिन बितिसकेको छ ।असम्बन्धित व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै संसदले गत २२ असारमा ११ सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्