पाल्पामा आइतबार साँझ बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति  ~ गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हँुदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । १६ जनालाई उद्धार गरी अस्पताल लगिएको छ।
दुर्घटनाका घाइतेहरूलाई जिल्ला प्रहरी कार्यालयको टिमले उद्धार गरी उपचारको लागि तानसेन पठाएको हो
घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्