र्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनःउत्थन कार्यक्रम घोषणा गर्दै।

Machchapuchchre

अर्थ राजनीति  ~ र्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ असार १३ गते  पदभार ग्रहण गर्दै नेपालको पर्यटन क्षेत्र पुनरूत्थान गर्न तत्कालिन र दीर्घकालिन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए।

कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम तीन महिनामा गर्न सकिने काम ६ महिनाभित्र गर्न सकिने काम एक वर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ।

समितिले सरोकारवालासँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदन अध्ययन गरी कार्ययोजना तयार गरेको हो। प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले कार्ययोजनाले मन्त्रालयको कामलाई दिशानिर्देश गर्ने बताए।

यस्तै  रात्रिकालिन सम्पदा यात्राको सुरूवात गर्ने, सगरमाथा सम्वाद पुन: सुरू गर्ने, अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभीटी सेन्टरका रुपमा विकास गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्नुपर्ने, पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन संकट व्यवस्थापन एकाइ स्थापना गर्ने, ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान’ का लागि एनआरएनसँग सम्झौता गर्ने, काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने, कोभिडपछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारे बजारीकरण गर्ने कार्ययोजनामा उल्लेख छ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीन जना विज्ञ सम्मिलित समिति गठन गरिएको थियो।

महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान चलाउने,  पर्यटन डिजिटल नक्सा बनाउने लगायत विषय पनि कार्ययोजनामा उल्लेख छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्