सीमा सुरक्षा बैठकमा किन उठेन कालापानीको विषय ? यस्तो रहेछ कारण

Machchapuchchre

काठमाडौं । नेपाल-भारत सीमा विवाद सार्वजनिक भएको वेला बुधबारबाट पोखरामा सम्पन्न सीमा सुरक्षा बैठकमा भने विवादित कालापानी, लिपुलेकको विषयले छलफलमा प्रवेश पाएन । बैठकमा उक्त विवादबारे कुनै एजेण्डा नै बन्न सकेन । नेपालभर भारतीय अतिक्रमणको बिरोध भइरहेका बेला नेपालमै बसेको नेपाल भारत सिमा सुरक्षा बैठकमा कुनै छलफल नै हुन नसक्नु दुखद बिषय हो ।

स्रोतले दिएको जानकारी अनुसार छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा मात्रै केन्द्रित भयो । तर हरेक वर्ष हुने यो बैठकको एजेण्डा पहिल्यै नै तय हुने भएका कारण उक्त विषयमा छलफल हुन नसकेको नेपाली प्रतिनिधिहरुको भनाइ छ ‘हरेक वर्ष हुने यो बैठकको एजेण्डा पहिल्यै तय हुन्छ । त्यो विषय एजेण्डामै थिएन’, स्रोतले भन्यो ।

यद्धपि दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भने भएको छ । तर तालिमको मिति तय हुन् सकेको छैन । बिहीबारै काठमाडौं फर्किएको टोलीले शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरेको छ । टोली शनिबार भारत फर्किनेछ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्