युनाईटेड फाईनान्सको २३औं शाखा काठमाडौँ गोठाटारमा, चौघरी र थापाद्वारा उद्घाटन !

Machchapuchchre

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले काठमाण्डौंको गोठाटारमा आफ्नो २३औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष ससन्त कुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाबाट भएको हो ।

फाईनान्स सेवा संचालनको २५ औं वर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ ।

फाइनान्सले २०७६ असोज मसान्त सम्म करिव ६ अर्ब ७० करोड निक्षेप तथा ६ अरव १४ करोड कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्