कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित

Machchapuchchre

काठमाडौं । सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको थियो । तर रामचन्द्र पौडेल समूह नआउने भएपछि स्थगित गरिएको हो ।

१४औं महाधिवेशनको कार्यतालिका माग गर्दै पौडेल समूहले बैठक बहिस्कार गर्दै आएको छ । २०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन संस्थापन पक्ष सकारात्मक भएपनि विभागहरु गठन र नेवि संघ र तरुण दलबारे पनि दुई समूहबीच सहमति जुट्न सकेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्