चार बैंकले ल्याए सवा नौ अर्ब रुपैयाँ विदेशी संस्थाबाट ऋण

Machchapuchchre

अर्थ राजनीति  ~  गत आर्थिक वर्ष वाणिज्य बैंकहरुले ७ करोड ७५ लाख डलर ( ९ अर्ब ३० करोड  ) विदेशी मुद्रामा ऋण ल्याएका छन्। राष्ट्र बैंकको ‘विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था’ अनुसार चार बैंकले यो पैसा ल्याएका हुन्। यसमध्ये अधिकांश स्वीकृति चैतमा लिइएको छ। मेगा, बैंक अफ काठमाण्डू (बिओके), एनएमबि र सिद्धार्थ बैंकले ऋण ल्याएका हुन्। सबैभन्दा धेरै मेगा बैंकले चार करोड डलर, बिओकेले एक करोड, एनएमबि बैंकले एक करोड ५० लाख डलर र सिद्धार्थले एक करोड २५ लाख डलर भित्र्याउन स्वीकृति लिएका हुन्। अघिल्लो वर्ष करिब आधा दर्जन बैंकले नौ करोड डलर भित्र्याएका थिए। आन्तरिक स्रोतबाट मात्र ऋण लगानी गर्ने तरलता पुर्‍याउन नसक्ने भएपछि राष्ट्र बैंकले तीन वर्षअघि बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशी संस्थाबाट पनि पैसा ल्याउन सक्ने बाटो खोलिदिएको थियो। यो पैसा राष्ट्र बैंकले भनेको क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ। नवीकरणीय उर्जा उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार, पर्यटन, कृषि, साना तथा मझौला उद्योय, अन्य उत्पादनमूलक क्षेत्र र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि मात्र पैसा भित्र्याउन पाइन्छ। यस्तो पैसा कम्तिमा एक वर्षका लागि भित्र्याउनु पर्ने हुन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्